१४ असोज काठमाडौँ । अबिरल बर्षाको कारण पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौँडा पुराइएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएरको थियो । उक्त शव उनीहरुको घर लगिएको हो ।
कुलेखानी जलविद्युत आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।
मृत्यु हुनेमा हेटौँडा-१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन्।