१४ असोज काठमाडौँ । गत १२ गते ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद डेढलाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताए ।
सकुशल उद्दार गरेका तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए ।
तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित एक कार्यक्रम बिच सम्मान गर्न लागेको जानकारी तामाङलाई बताएका हुन् । मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए ।