Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भारतमा एक महिलाले ननुहाएको भन्दै आफनो श्रीमानसँग सम्बन्ध विच्छेद माग 

 भारतमा एक महिलाले ननुहाएको भन्दै आफनो श्रीमानसँग सम्बन्ध विच्छेद माग 

जोईन खबर

१४, आश्विन २०८१
  • 955
    SHARES
  •  भारतमा एक महिलाले ननुहाएको भन्दै आफनो श्रीमानसँग सम्बन्ध विच्छेद माग 

    १४ असोज काठमाडौँ । भारतमा एक महिलाले श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेकी छिन् । महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै उत्तर प्रदेशको आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगिन् । श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो ।

    images

    श्रीमानको जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो भएको उनको भनाइ थियो । यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग सम्बन्ध विच्छेद मागिन् । यसबारे सोधपुछ गर्दा आफूले महिनामा एक दुई पटक मात्रै नुहाउने गरेको र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको परामर्श केन्द्रलाई महिलाको श्रीमान् बताए ।बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो ।

    images
    images
    images

    केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन् । लगत्तै महिलाको माइतीले दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरे ।

    आफूले बिहे गरेर गएको ४ दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो ।आफ्नी नयाँ बेहुलीले कर गरेको भएर श्रीमानले आफूले नुहाउने गरेको भन्दा केही बढी नै नुहाएका थिए । बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए । एजेन्सी

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १३:०५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको