१४ असोज काठमाडौँ । आजदेखि बेलुकादेखि काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु पठाउने तयारी गरिएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।
सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् ।करिब ४ बजेपछि बसहरु छुट्न थाल्ने छन्, यातायात व्यवसायीहरुले आफ्नो र यात्रुको अनुकूलताका आधारमा तयारी गरिरहेका छन् ।
सडकमार्गको अवरोधहरु लगभग सबै क्लियर भइसकेपछि सवारी छुट्न थालिहाल्छन् ।त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् । शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन् ।
काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो ।गाडीहरु पास हुनसक्ने अवस्था हेरेर आजैबाट छुट्ने दिने तयारी छ । पानी परेमा वा सडकमा अवरोधहरु आएमा भने सवारीलाई रोकिने भनिएको छ । सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने अनिश्चित छैन ।