Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी उसु टोली बंगलादेश जाने

 प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी उसु टोली बंगलादेश जाने

जोईन खबर

१५, आश्विन २०८१
  • 646
    SHARES
  •  प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी उसु टोली बंगलादेश जाने

    १५ असोज काठमाडौँ । प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।अक्टोबर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले सान्सौं र थाउलोमा प्रतिस्पर्धा गर्ने छन् ।

    images

    खेलाडीमा मनिराज राई, सुमांगीराज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्राथना नेपाल, रुफस केसी र विराज सुनार रहेका छन् ।प्रशिक्षकमा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षकमा सुवास परियार तथा व्यवस्थापकमा सुकमान लामा छन् ।

    images
    images
    images

    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । सोही प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली भने सोमबारै ढाका प्रस्थान गरिसकेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - ११:०८:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको