Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मौसम विभाग : कोशी प्रदेशमा  बाढी र पहिरो जाने जोखिम

 मौसम विभाग : कोशी प्रदेशमा  बाढी र पहिरो जाने जोखिम

जोईन खबर

१६, आश्विन २०८१
  • 640
    SHARES
  •  मौसम विभाग  : कोशी प्रदेशमा  बाढी र पहिरो जाने जोखिम


    १६ असोज काठमाडौँ । कोशी प्रदेशमा  बाढी र पहिरो जाने जोखिम रहेको मौसमविदहरुले बताएका छन् । हिजो साँझदेखि भारी वर्षा भइरहेको र भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको छ ।

    images

    असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पु¥याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेका छन् । मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १०:३६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको