१६ असोज काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा दिएको छ ।
हिन्दुहरुको महान पर्व बडादशैँ सुरु हुने दिनको घटस्थापना भएकाले भोली सार्वजनिक बिदा भएको हो ।
सार्वजनिक बिदाका कारण भोलि शेयर बजार खुल्ने छैन् ।
यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भोलि बन्द हुने छन् ।