Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम गरेना : पूर्वप्रधानमन्त्री प्रचण्ड

बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम गरेना : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

१६, आश्विन २०८१
  • 700
    SHARES
  • बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम गरेना  : पूर्वप्रधानमन्त्री प्रचण्ड

    १६ असोज काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन् । बुधवार जिल्ला समन्वय समिति काभ्रेपलान्चोकस्थित धुलिखेलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा उनले सरकारमाथि आरोप लगाएका हुन् ।

    images

    अत्यधिकता वर्षापछि बाढी पहिरोले क्षति पुर्‍याउने क्षेत्रको पूर्वसूचना पहिले नै आएको थियो । तर सरकारले  ध्यान नदिँदा धेरै जनधनको क्षति भएको छ । अब राष्ट्रिय सङ्कटको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष मिलेर सामना गर्नुपर्छ’, उनले भने ।

    images
    images
    images

    अत्यधिक वर्षा र बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेमा भएको भन्दै उनले पीडितहरूको उद्धार र राहतका लागि तत्काल पहल थाल्न उनले सरकारसँग आग्रह गरे । साथै पीडितहरूको उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । ०७२ सालको महाभूकम्पमा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर राष्ट्रिय विपत्तिको सामना गरेको उनले स्मरण गरे ।

    अहिले पनि सबै मिलेर राष्ट्रिय सङ्कटको सामना गरेर जानुपर्नेमा जोड दिए  । बेपत्ता खोजी कार्य पनि अझै बाँकी रहेको र खोज उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने प्रचण्डले बताए ।

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १६:५९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको