Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकाव्यापी कराते भोलि

उपत्यकाव्यापी कराते भोलि

जोईन खबर

१६, आश्विन २०८१
  • 535
    SHARES
  • उपत्यकाव्यापी कराते भोलि

    १६ असोज काठमाडौँ । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता बिहीबार हुने भएको छ ।

    images

    प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ ।

    एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ ।गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो ।

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - २०:१६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको