१७ असोज काठमाडौँ । वात्सल्य एभ्रेष्ट वुमन्स भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्ने भएको छ ।
खेल बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्ने भएको हो । खेल त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा साझ ५ः४५ मा सुरु हुने छ । खेलको अहिले सम्म चितवनले तीन खेलमा २ जित र १ हार बेहोरेको छ ।
चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डसलाई ३–१ ले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेल भने चितवनको पक्षमा रहेन ।
चितवनले काठमाडौं स्पाइकर्ससँग ३–१ को हार बेहोरेको थियो । तेस्रो खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो । चितवनले हालसम्म अपराजित रहेको कर्णालीसँग बलियो आत्मविश्वासका साथ खेल्ने र जित निकाल्ने दाउमा हुने छ ।