१७ असोज काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बुधबार तोलामा ८०० रुपैयाँ बढेको सुनको मूल्य, यस दिन प्रतितोला १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार तोलाको १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९५० रुपैयाँ पुगेको छ।