Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक अनुसार जमरा राख्दै

दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक अनुसार जमरा राख्दै

जोईन खबर

१७, आश्विन २०८१
  • 643
    SHARES
  • दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक अनुसार जमरा राख्दै

    १७ असोज काठमाडौँ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ  । दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

    images

    पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।

    images
    images
    images

    यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।  आज घटस्थापनाको साइत बिहान९ बजेर ३० मिनेटमा रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।
     

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - १३:४९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको