Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णालीसँग पाँचौं सेटमा चितवन पराजित

कर्णालीसँग पाँचौं सेटमा चितवन पराजित

जोईन खबर

१७, आश्विन २०८१
  • 568
    SHARES
  • कर्णालीसँग पाँचौं सेटमा चितवन पराजित

    १७ असोज काठमाडौँ । चितवन शक्तिलाई ३–२ ले हराउँदै कर्णाली यस्वीस एभ्रेष्ट वुमन्स भलिबल लिगको फाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा कर्णालीले दोस्रो, चौथो र पाँचौं सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २०–२५, २५–१८, २१–२५, २५–१५ र १५–१३ ले जित हात पारेको हो ।

    images

    बलियो प्रतिस्पर्धा दिएको चितवनले पहिलो र तेस्रो सेटमा जित निकाल्यो । पहिलो सेटमा अग्रता बनाउँदै चितवनले अग्रता लिँदै जित निकाल्यो । चितवन पहिलो सेटमा भने चितवनले निकै राम्रो पकड बनाउँदै जित निकालेको हो । पहिलो सेट चितवनले २५–२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा भने कर्णालीले सुरुवात देखि नै अग्रता बनाउँदै जित निकाल्यो ।

    images
    images
    images

    कर्णालीको लागि आज भने अथानासिया लियाकी केही असहज देखिन्थिन् । उनको कोर्टमा आगमनले केही सहज भयो र सेट जित्यो । जसमा कर्णालीले २५–१८ ले चितवनलाई हरायो । तेस्रो सेटमा भने चितवनले १८–१४ ले अग्रता लियो । कर्णाली भने यसलाई पछ्याउँदै २५–२१ ले पछि पर्यो र तेस्रो सेट चितवनले जितेको छ ।

    चौथो सेटमा भने कर्णालीले चितवनलाई २५–१५को फराकिलो अन्तरले हरायो । पाँचौैं सेटमा कर्णाली र चितवनले ७–७ बराबरी गर्यो । पाँचौं सेटमा ११ बराबरी सम्म पुग्यो । पाँचौं सेटमा १४–११ को स्थितीमा पनि चितवनले हार नमान्दै फाइट गर्यो तर अन्तिम समयमा १५–१३ ले अन्तिम सेट गुमाउन पुग्यो । 
    चितवनको अन्तिम खेल ललितपुर क्विन्ससँग शुक्रबार हुनेछ ।

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:३१:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको