Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसिएल नेपालद्वारा बाढी पिडित र डुबान क्षेत्रमा उद्धारका साथै  खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर दिदै

वाईसिएल नेपालद्वारा बाढी पिडित र डुबान क्षेत्रमा उद्धारका साथै  खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर दिदै

जोईन खबर

१७, आश्विन २०८१
  • 646
    SHARES
  • वाईसिएल नेपालद्वारा बाढी पिडित र डुबान क्षेत्रमा उद्धारका साथै  खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर दिदै

    १७ असोज काठमाडौँ ।नेकपा माओवादी केन्द्रका भतृसंगठन वाईसिएल नेपालद्वारा बाढी पिडित र डुबान क्षेत्रमा उद्धार देखी खाद्यान्न,  सरफाईमा निरन्तर लागी परेको छ ।असोज ११ गते र १२ गते परेको भिषण बर्षाको कारण डुबानमा परेको काठमाडौं लगायत विभिन्न ठाउँमा परिचालन गरि सहयोग गरेको थिए ।

    images

    थापाथली एरियामा पार्टी अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीले आफ्नो पुरै संगठनलाई तक्काल उद्धार र रेस्कुमा फिल्डमा जान निर्देशन दिए लगत्तै वाईसिएल नेपालले १२ गतेनै उद्धार मा खट्टिएको थियो ।वाईसिल नेपाल केन्द्रीय उपाध्यक्ष कसम गुरुङको नेतृत्वमा वाईसीएल सचिव हरि ढकाल सहितको ठुलो पङ्क्ति द्वारावाईसिएल परिचालन गरी वाईसीएल नेपालले उद्धार सहित डुबानमा परेका जन्तालाई तक्काल अति आवश्यक खाद्यान्न सामानहरू वितरण गरेको छ। १३ गते वाईसिएल केन्द्रीय सचिव नवराज ऐरको नेतृत्व मा १३ गते १००० जना जतिलाई थापाथलीमा रासन सहित खान बनाएर खान खुवाउने कार्यक्रम गरेको थियो ।

    images
    images
    images

    १५ गते वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालाई सहितको केन्द्रीय टिमको उपस्थितमा बल्खुमा रहेको बाढी प्रभावित सुकुम्बासी बस्तीका जन्तालाई खाद्यान्न र आर्थिक सयोग गरेको वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार प्रसार बिभाग सह(संयोजक धिरज उपरकोटीले जानकारी गराउनुभयो ।१५ गतेनै नेकपा माओबादीका केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री क .प्रचण्ड उपस्थित भई बल्खुमा बाढीबाट प्रभावित डुबान क्षेत्रका जन्तालाई भेटघाट सहित नेकपा माओवादी केन्द्रले बाढी प्रभावित डुबान क्षेत्रमा श्रमदान गर्न निर्देशन दिँदै स्वयंसेवक परिचालन अभियान उद्द्घाटन गर्नु भयो ।

    बाढीबाट प्रभावित डुबान क्षेत्रमा दुर्गन्ध भएको ठाउँको हिलो र फोहोर व्यवस्थापन गर्न वाईसीएल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी सहितको टोली परिचालन गरेको थियो।१६ गते र आज १७ गते बल्खुमा बाढीबाट प्रभावित डुबाउन क्षेत्र मा मिसिन र ट्रिपर गाडी सहित माओबादी केन्द्रको पहलमा ल्याएर वाईसिल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटी सहितको केन्द्रीय टिम र काठमाडौं जिल्लाका वाईसिल नेपालका कार्यकर्ता सहिको उपस्थितमा स्वयंसेवक सहित हिलो र फोहोर व्यवस्थापन गर्दै बाटो हिड्नको लागी सहज पहल गरेको थियो ।

    नेकपा माओवादी केन्द्र र वाईसिएल नेपालले निरन्तर सहयोग र उद्धार राहत खाद्यान्न र आवश्यक सबै कुराहरूलाई सम्बोधन गर्न राज्यसंग पहल गर्ने पार्टीबाट पनी सयोग गर्ने पार्टी केन्द्रीय सचिव हितमान साक्यले जानकारी गराउनु भएको थियो ।वाईसिएल नेपालले देश भरी सहयोग समन्वय उद्धार गर्ने र सरकारलाई खबरदारी समेत गर्ने भएको छ । 

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:४९:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको