Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

जोईन खबर

१७, आश्विन २०८१
  • 610
    SHARES
  • एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

    १७ असोज काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहने छ ।

    images

    आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफ्गानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं रहेका छन् । महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् ।

    images
    images
    images

    सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए । पहिलो दिन पुरुष÷महिला दुवै नेपालले समूह चरणका सबै खेल खेल्ने छ ।प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो ।यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।

    प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भब्य बनाउन सबै मिडियाकर्मी र दर्शकलाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको बताउदै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोश्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको पहिलो पटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - २३:५९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको