Logo

बिहिवार, कार्तिक १३ गते २०८३

असोजमा आएको बाढी र पहिरोमा परि २३६ जनाको मृत्यु, १९ जना बेपत्ता 

असोजमा आएको बाढी र पहिरोमा परि २३६ जनाको मृत्यु, १९ जना बेपत्ता 

जोईन खबर

१८, आश्विन २०८१
  • 796
    SHARES
  • असोजमा आएको  बाढी र पहिरोमा परि २३६ जनाको मृत्यु, १९ जना बेपत्ता 

    १८ असोज काठमाडौँ । गएको असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी  २३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो ।

    images

    १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

    images
    images
    images

    बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ ।

    आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ ।९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ ।

    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १०:५८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको