७ बैशाख काठमाडौ। सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता गर्ने तयारी गरिएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न कानुनी व्यवस्था गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार तत्काल शरणार्थीको व्यक्तिगत घटना दर्ता गर्ने कानून नभएका कारण अभिलेख मात्रै राख्ने गरिएको छ ।




