Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु पछि  भन्सार कार्यालयमा ढुंगामुढा हानाहान

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु पछि  भन्सार कार्यालयमा ढुंगामुढा हानाहान

जोईन खबर

१८, आश्विन २०८१
  • 733
    SHARES
  • ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु पछि  भन्सार कार्यालयमा ढुंगामुढा हानाहान

    १८ असोज काठमाडौँ । विराटनगरमा  ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा हानाहान भएको छ ।

    images

    बिहीबार बेलुका  विराटनगर महानगरपालिका १८ को भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले शुक्रबार भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

    images
    images
    images

    विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् ।ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् ।

    प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - १५:४८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको