Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शम्भुले सिकागो म्याराथनमा दौड्ने

शम्भुले सिकागो म्याराथनमा दौड्ने

जोईन खबर

२०, आश्विन २०८१
  • 601
    SHARES
  • शम्भुले सिकागो म्याराथनमा दौड्ने

    २० असोज काठमाडौँ । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२।१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन् । उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट टाइमिङ हो ।

    images

    उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए । उनले सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन् । शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन् ।उनले कठिन मानिने घरेलु म्याराथन एभरेष्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि सहभागिता जनाइसकेका छन् ।दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक वैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एन चन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट शुम्भले दौड्न सुरु गरेका थिए ।

    images
    images
    images

    सिप्रदी ट्रेडिङ प्रा।लि। का निर्देशक शम्भु सिप्रदीकै पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनी विगत ३२ वर्षदेखि सिप्रदीमा आबद्ध छन् ।सफलताको शुभकामना दिदै सोल्टी नेपाल क्लबले शनिबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच बिदाइ ग¥यो । मार्सल आर्ट्स पृष्ठभूमिका सोल्टी नेपाल क्लबका अध्यक्ष दमन बस्नेत, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनाल, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे र क्लबका सदस्यले बिदाइ गरे ।

    कार्यक्रममा अध्यक्ष बस्नेतले पाको उमेरमा पनि फुल म्याराथनमा सहभागी हुन लागेका शम्भुको साहसको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धरले पनि शम्भुको साहसको कदर गर्दै मानिसले चाहेको खण्डमा उमेर बाधक नहुने धारणा व्यक्त गरे ।

    प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - ११:५८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको