२० असोज काठमाडौँ । गोरखाको प्रसिद्ध मन्दिर मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात नियुक्ती भएको छन् । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा बस्न्यातलाई सिफारिस गर्न गरेका हुन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको थियो ।
समितिमा सामाजिक विकास मन्त्रालयका सचिव र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष सदस्य थिए । उक्त गठन भएको समितिले गठन आदेश र कार्यविधिमा रहेर काम गर्नु पर्ने उनले जानकारी दिए ।कार्यकारी निर्देशक हुन ४ जनाले आवेदनमा अन्जन बस्न्यात, गणेश थापा, मिलन श्रेष्ठ र रोशना घिमिरेको पनि आवेदन परेको हो ।
मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ । क्षेत्र विकास समितिको सबै प्रशासनिक काम गर्ने जिम्मेवारी कार्यकारी निर्देशकको हुन्छ । यसअघि क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरिएको छ ।