२० असोज काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४, दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो । अहिले सडक मर्मत गरि यातायात राम्रो संग सञ्चालन भएको छ ।