Logo

बुधवार, श्रावण १३ गते २०८३

बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

जोईन खबर

२५, फाल्गुण २०७८
  • 691
    SHARES
  • बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

    पाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उभिनेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

    images

    नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताए।

    ‘सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ’, उनले भने। उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारे ।

    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ११:५६:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको