Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोमा परेर ज्यान गुमाएका गोरखाका ५ जना मध्य २ जनाको परिवारलाई जनही २ लाख ५० हजार रकम हस्तान्तरण

पहिरोमा परेर ज्यान गुमाएका गोरखाका ५ जना मध्य २ जनाको परिवारलाई जनही २ लाख ५० हजार रकम हस्तान्तरण

जोईन खबर

२०, आश्विन २०८१
  • 724
    SHARES
  • पहिरोमा परेर ज्यान गुमाएका गोरखाका ५ जना मध्य २ जनाको परिवारलाई जनही २ लाख ५० हजार रकम हस्तान्तरण

    २० असोज काठमाडौँ । केही दिन अघि अबिरल बर्षासंगै आएको  झ्याप्ले खोला पहिरोमा परेर गोरखाका ५ जनाको मृत्यु भएको थियो । उक्त ५ जना  मध्य आज २ जनाको परिवारलाई जनही २ लाख ५० हजार  रकम हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहितको टोलीले पिडित परिवारको घरमा पुगी चेक हस्तान्तरण गरिएको थियो ।

    images

    गोरखाको लापु बेशीबाट काठमाडौंका लागि गएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना ४ ख २२७० नम्बरको बस उक्त पहिरोमा पर्दा गोरखाका ५ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका मध्य बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार र सोही सवारीका सहचालक गण्डकी गाउँपालिका–४ फुजेलका नवराज अधिकारीको परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

    images
    images
    images

    उक्त दिएको  रकम संघीय सरकार मार्फत २ लाख र प्रदेश सरकार मार्फत ५० हजार गरी २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइ दिएको बताउनु भयो । तेही बस र पहिरोमा मृत्यु हुने उत्तरी गोरखाको  धार्चे गाउँपालिका–७ खानिगाउँका चुकबहादुर गुरुङको परिवारलाई दसैं लगत्तै र अर्का नवराज पन्त र विनय भट्टराई बसाई सराई गरी चितवन गएकोले चितवन मार्फत रकम उपलब्ध हुने पनि प्रमुख जिल्ला अधिकारी  दाहालको भनाई छ । उक्त रकम हस्तान्तरणमा सोही गाउँपालिकाका अध्यक्ष गोरखा जिल्लाका प्रहरी प्रमुख लगायतको उपस्थिति थियो । 

     

    प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - १६:२२:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको