Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशभरको एक दुई प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना 

आज देशभरको एक दुई प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना 

जोईन खबर

२१, आश्विन २०८१
  • 502
    SHARES
  • आज देशभरको एक दुई प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना 

    २१ असोज काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

    images

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पर्ने विभागले जनाएको छ ।

    images
    images
    images

    आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १०:४३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको