Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ !

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ !

जोईन खबर

२१, आश्विन २०८१
  • 559
    SHARES
  • आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ  !

    २१ असोज काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ। 

    images

    युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

    images
    images
    images

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

    poiesa1.jpg

    प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ११:२०:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको