२१ असोज काठमाडौँ । पठाओ नेपालले उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर सबै लाई सम्मान गरेको छ । उनीहरुले २०८१ आयोजना गर्दै पठाओले यो आर्थिक वर्षमा ३९ जनालाई एक कार्यक्रम बिच सम्मान गरेको हो ।
पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ । सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन् ।यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन् । तीर्थ बहादुर विष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् । कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’ पाएका छन् ।
विमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड, श्यामबहादुर चौधरीले द अनरेबल राइडर अवार्ड ,सुमन खड्कीले मस्ट एक्टिभ डेज अवार्ड पाएका छन् । यसैगरी महिलातर्फ बेस्ट राइडरका रूपमा ओम कुमारी चेम्जोङले ‘द स्टार फिमेल राइडर अवार्ड’ पाएकी छिन् । पोषबहादुर खत्रीले ओल्डेस्ट राइडरका रूपमा ‘द सेनियर राइडर अवार्ड’ पाउँदा ४७ वर्षकी महिला राइडर सरस्वती महर्जनले ‘सोसल कज’ अन्तर्गत ‘द हेल्पङ ह्यान्ड अवार्ड’ पाएकी छिन् ।
कम्पनीका निर्देशक शशांक शमशेर थापाले सम्मानित गरेका थिए ।कम्पनीले चालकहरूलाई जस्तै आफ्ना क्याप्टेनलाई पनि विभिन्न किसिमका सम्मान तथा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत किशोर गिरीले सबैभन्दा कम उमेरको क्याप्टेन भई द राइजिङ क्याप्टेन अवार्ड पाएका छन् ।यस्तै तुलाबहादुर श्रेष्ठले बेस्ट पफर्मर भई ‘द स्टार मेल क्याप्टेन अवार्ड’ पाएका छन् । यस्तै खड्कबहादुर ढकालले सर्वाधिक राइड राइड लिएर ‘द टायरलेस क्याप्टेन अवार्ड’ पाउँदा कैलाश ढुंगेलले सर्वाधिक रेटिङ पाएर ‘युजर्स फेभराइट क्याप्टेन अवार्ड’ पाएका छन् । यस्तै जनकलाल श्रेष्ठले लङ्गेस्ट अन प्लेटफर्म भएका कारण द भेटरान क्याप्टेन अवार्ड पाउँदा राजेश तामाङले नो सस्पेन्सनका कारण अवार्ड पाएका छन् ।
करुणा तामाङ भण्डारीले बेस्ट फिमेल क्याप्टेन भई द स्टार फिमेल क्याप्टेन अवार्ड पाएकी छिन्। यस्तै बोलबहादुर खड्काले ओल्डेस्ट क्याप्टेनका रूपमा द सेनियर क्याप्टेन अवार्ड पाएका छन् ।कम्पनीले पठाओ हिरोहरूलाई समेत अवार्ड प्रदान गरेको छ । केदार बहादुर लुङ्गेली मगरले बेस्ट पफर्मिङ पठाओ हेरो अन साइकल भई द बेस्ट पफर्मिङ पठाओ हिरो अवार्ड पाएका छन् । राजन ढुङ्गानाले बेस्ट कम्युनिकेसनका कारण द सुपरस्टार पठाओ हिरो अवार्ड पाएका छन् ।
यस्तै गाजल अमिनले बेस्ट फिमेल पठाओ हिरो भई द स्टार फिमेल पठाओ हिरो अवार्ड पाएकी छन् ।गोपालराज विकले लङ्गेस्ट इन प्लेटफर्म भई द भेटरान पठाओ हिरो अवार्ड पाउँदा गङ्गाबहादुर राईले हाएस्ट एक्टिभ डेज पूरा गरी द डेडिकेटेड पठाओ हिरो अवार्ड पाएका छन्। यस्तै कृष्णराज गुरुङले हाइएस्ट रेटेड पठाओ हिरो भई ‘युजर्स फेभराइट पठाओ हिरो अवार्ड पाएका छन् ।लोगराज शर्माले पुरुषतर्फ सर्वाधिक फुड अर्डर पठाओ हिरो वाकर भइ ‘द जोय गिभर मेल पठाओ हिरो अवार्ड पाउँदा महिलातर्फ पूजा अवस्थीले हाइएस्ट अर्डर पठाओ हिरो वाकर भई ‘द जोय गिभर फिमेल पठाओ हिरो अवार्ड’ पाएकी छन् ।