Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनियन्त्रित भई मोटरसाइकल र स्कुटरमा  एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु 

अनियन्त्रित भई मोटरसाइकल र स्कुटरमा  एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु 

जोईन खबर

२१, आश्विन २०८१
  • 748
    SHARES
  • अनियन्त्रित भई मोटरसाइकल र स्कुटरमा  एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु 

    २१ असोज काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । पाँच जना  घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदि खोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।

    images
    images
    images

    स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

    त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको  रिजालले जानकारी दिए ।ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैँडाकोट नगरपालिका–८ नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

    प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १४:३५:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको