Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुन्य गौतममाथि आक्रमण

पुन्य गौतममाथि आक्रमण

जोईन खबर

२२, आश्विन २०८१
  • 613
    SHARES
  • पुन्य गौतममाथि आक्रमण

    २२ असोज काठमाडौँ । पुन्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति सवा ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि आक्रमण भएको हो ।

    images

    आफू बस्ने घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि आक्रमण भएको हो । धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ ।

    images
    images
    images

    नेपाल मेडिकल कलेज अत्तरखेलमा राखेर उनीमाथ उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

    उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।गौतममाथि कसले किन आक्रमण गर्‍यो भन्ने विषय खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । 

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १४:०७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको