२२ असोज काठमाडौँ । प्रतिनिधि सभामा १५९ जना सदस्यले कूटनीतिक राहदानी लिएका छन् ।संघीय संसद सचिवालयको विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधि सभाका १५९ जनाले कूटनीतिक राहदानीका लागि सिफारिस लिएका हुन् ।
२०७९ साल मंसिर ४ गते चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधि सभा सदस्यहरूले २०७९ साल पुष ७ गतेदेखि कूटनीतिक राहदानीको सिफारिस पाउन थालेका थिए ।संसद सचिवालयले त्रैमासिक संसद दर्पण प्रकाशन गर्ने गर्दछ।
यो सँगै कूटनीतिक राहदानीका लागि सिफारिस लिनेको सांसदको संख्या १५९ पुगेको हो।राष्ट्रिय सभा सदस्यहरूको विवरण भने २०७४ साल फागुन देखिकै एकीकृत रुपमा राख्ने गरिएको छ।
हालसम्म ८७ जना राष्ट्रिय सभा सदस्य ९कार्यकाल सकिएकाहरूले विगतमा लिएको समेत समावेश०ले कूटनीतिक राहदानी लिएका छन् ।