Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जोईन खबर

२२, आश्विन २०८१
  • 709
    SHARES
  •  हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    २२ असोज काठमाडौँ । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    images

    मंगलबार बेलौरी नगरपालिका–५ मैनाहामा सोही नगरपालिकाको  ६ नम्बर वडाका ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार  रातको समयमा एक गाउँबाट अर्को गाउँमा जाने क्रममा उनी हात्तीको आक्रमणमा परेका थिए।

    मध्यरातमा सखिया नाच हेरेर मोटरसाइकलमा घर फर्किंदै गरेका तीन युवाहरूमध्ये उमेशलाई पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो।

    मोटरसाइकलमा सवार उनका साथीहरु रोशन चौधरी र नविन चौधरीले भने भागेर ज्यान बचाएका थिए।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १५:२४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको