Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विपिन जोशी हमास रहेको पुष्टि

 विपिन जोशी हमास रहेको पुष्टि

जोईन खबर

२२, आश्विन २०८१
  • 757
    SHARES
  •  विपिन जोशी हमास रहेको पुष्टि

    २२ असोज काठमाडौँ । इजरायलमाथि हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको छ। आक्रमणको समयमा बन्धक बनाइएका मध्ये हालसम्म ९७ जनाको अवस्था अज्ञात नै छ। जसमा नेपालका विपिन जोशी पनि छन्।

    images

    इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो।बीबीसीका अनुसार हालसम्म हमासको नियन्त्रणमा रहेका ९७ जनामध्ये विपिन पनि एक हुन्।

    images
    images
    images

    बीबीसीले सार्वजनिक गरेको बन्धक बनाइएकाहरूको समाचारको सूचीमा विपिनको पनि नाम समावेश छ। जसको पुष्टि बीबीसी र केही विश्वसनीय गोप्य स्रोतले गरेका छन्।बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए।

    विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेका छन् र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ।कृषि अध्ययनका लागि विपिन इजरायल गएका थिए। उनीसँगै अध्ययनका लागि गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो। एजेन्सी

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १५:३७:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको