Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजदेखि मेलम्चीको पानी वितरण

आजदेखि मेलम्चीको पानी वितरण

जोईन खबर

२२, आश्विन २०८१
  • 688
    SHARES
  • आजदेखि मेलम्चीको पानी वितरण

    २२ असोज काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् ।

    images

    सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का विभिन्न पानी बितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट पानी बितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई। रत्नप्रशाद लामिछानेले बताए ।मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० मा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।

    images
    images
    images

    दशैं अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । बार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।

    उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहदै आएको छ। मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।बिसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौँ उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन।

    काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ।दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७र१७ करोड लिटर पानी ल्याइनेछ। स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १६:३२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको