२३ असोज काठमाडौँ । दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।
नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन्।
अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् ।नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ। नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ।
धार्के–सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताए।यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारी साधनको जाम कम हुने सहसचिव ढकालको भनाइ छ। यो