Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपचारको क्रममा चर्चित गीतकार विश्व वल्लभको निधन

उपचारको क्रममा चर्चित गीतकार विश्व वल्लभको निधन

जोईन खबर

२३, आश्विन २०८१
  • 667
    SHARES
  • उपचारको क्रममा चर्चित गीतकार विश्व वल्लभको निधन

    २३ असोज काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी दिए ।

    images

    थापाथलीस्थित घरमै केही दिनअघि अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो ।

    images
    images
    images

    लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १३:३९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको