२३ असोज काठमाडौँ । दशैं बिदामा घर जाने नेपाली सैनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले सहुलियतमा यातायात सुविधा उपलब्ध गराएको छ।
सेनाले सैनिक कल्याणकारी सेवा(सुविधाअन्तर्गत सहुलीयतको यातायात सुविधान उपलब्ध गराएको हो।असोज २१ गतेबाट मुलुकका विभिन्न स्थानबाट सहुलियतको स्थल तथा हवाई यातायात सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।
सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा स्थलमार्गबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी र हिमाली क्षेत्रहरूमा हवाई उडानमार्फत सेवा दिएको नेपाली सेनाले जनाएको छ।
हालसम्म बसमार्फत् १२३० जना र हवाई उडानमार्फत् ७२१ जनागरी १९५१ जनाले यो सुविधा लिइसकेका छन्। यो सुविधा भोलिसम्म लागू जनाइएको छ।