Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक : मन्त्रालयका सचिव राधिका अर्याल

हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक : मन्त्रालयका सचिव राधिका अर्याल

जोईन खबर

२३, आश्विन २०८१
  • 628
    SHARES
  • हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक : मन्त्रालयका सचिव राधिका अर्याल

    २३ असोज काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ । १५०औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको शुभारम्भ गर्नुहँदै उहाँले  हुलाक सेवालाई थप सूचना प्रविधि मैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण बृद्धि गरिनुपर्छ भन्नुभयो ।

    images

    सो अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा विंस १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको बताउनुभयो ।

    images
    images
    images

    विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको थियो ।

    हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटा, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईं लगायतले हुलाक सेवाको विगत, वर्तमान र भविष्यबारे धारणा व्यक्त गर्नुभएको थियो ।

    एक दिने प्रदर्शनीमा मिलनचन्द्र जोशी, मन्दिरा प्रधानाङ्ग, रिदिमा शाक्य, दिनेशराज मास्के, दीपेन्द्ररत्न शाक्य, किशोर शर्मालगायतले टिकट सङ्कलन गर्नुभएको छ ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १४:४८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको