Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि मनीष र दावा छनोट

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि मनीष र दावा छनोट

जोईन खबर

२३, आश्विन २०८१
  • 688
    SHARES
  • चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि मनीष र दावा छनोट

    २३ असोज काठमाडौँ ।चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि २ पुरुष खेलाडी मंगलबार छनोट भएका छन् ।

    images

    नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एकदिने छनोट प्रतियोगिताबाट २ खेलाडी छनोट भएका हुन् ।पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनीष कार्की छनोट भएको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जनाएका छन् ।

    images
    images
    images

    उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे । पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता जापानमा फेब्रुअरी २२ देखि २५ तारिखसम्म हुनेछ ।

    छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती रहेका छन् । खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको अध्यक्ष बस्नेतले जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १५:०२:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको