Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आईसीओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्सका दोहोरो स्वर्ण विजेता निराजन र इजिकेल 

 आईसीओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्सका दोहोरो स्वर्ण विजेता निराजन र इजिकेल 

जोईन खबर

३०, आश्विन २०८१
  • 613
    SHARES
  •  आईसीओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्सका दोहोरो स्वर्ण विजेता निराजन र इजिकेल 

    ३० असोज काठमाडौँ । आईसीओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् । जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् ।

    images

    महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे ।

    images
    images
    images

    इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसंग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए ।इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन ९आईसीओ०, जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०७:२९:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको