७ बैशाख काठमाडौ।एमजी मोटर इन्डियाले उत्पादन गर्ने कोमेट मिनी ईभीको विवरण लिक भएको छ । ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर निर्माण गरिएको छ ।
यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम र उचाइ १६४० एमएम रहेको छ । कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले बीच बे (ब्लू), सेनेरिटि (हरियो), सन्डोनर (ओरेन्ज) र फ्लेक्स (रेड) सहित चारवटा रङ्गमा उपलब्ध गराउने छ ।
यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।
यसमा १०.२५ इन्चको डुअल स्क्रीन, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल क्लस्टर लगायत दिइएको छ ।
भारतीय बजारका एमजी कोमेट ईभीको सुरुआती मूल्य १० लाख हाराहारी रहने अनुमान गरिएको छ । भारतीय बजारमा विक्री सुरु भएको केही दिनमै नेपाली बजारमा पनि कोमेट ईभी उपलब्ध हुने आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ ।