Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराले भित्रायो आन्द्रेस गौसलाई

पोखराले भित्रायो आन्द्रेस गौसलाई

जोईन खबर

१, कार्तिक २०८१
  • 598
    SHARES
  • पोखराले भित्रायो आन्द्रेस गौसलाई

    १ कार्तिक काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने ।एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।

    images

    उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् । पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए ।

    images
    images
    images

    यसअघि टोलीले इन्डियन प्रिमियर लिग ९आईपिएल०मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०७:४०:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको