Logo

बिहिवार, कार्तिक १३ गते २०८३

५० औँ वार्षिकोत्सवको सुअवसरमा नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा सम्पन्न

५० औँ वार्षिकोत्सवको सुअवसरमा नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा सम्पन्न

जोईन खबर

३, कार्तिक २०८१
  • 715
    SHARES
  • ५० औँ वार्षिकोत्सवको सुअवसरमा नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा सम्पन्न

    ३ कात्तिक काठमाडौँ । मित्र राष्ट्र कोरिया र नेपाल बिचको दौत्य सम्बन्ध स्थापित भएको ५० औँ वार्षिकोत्सवको सुअवसरमा नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा '2024 Korean Ambassador Open Taekwondo Championships' को आयोजना गरिएकाे छ । हिजाे  शुक्रबार सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघमा माननिय सासंद गगन कुमार थापा ज्यूको प्रमुख आतिथ्य र नेपाल स्थित कोरियाली राजदुतावासका राजदुत श्री पार्क ते योबज्यूको विशेष उपस्थितिमा उद्घाटन गरि सम्पन्न गरिएकाे हाे ।

    images

    kat3.jpg

    images
    images
    images

    माननिय सासंद विराज भक्त श्रेष्ठज्यू, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमन राज अर्यालज्यू, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव सुदर्शन मरहट्ठाज्यूको विशेष उपस्थिति साथै कोरियाली राजदुतावासका दित्तीय सचिव किम युमीज्यू, विश्व तेक्वान्दो हेडक्वाटर (कुकियन) डेमोन्सट्रेसन टिम, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् खेलकुद विभाग प्रमुख श्री उमेश जंग रायमाझी ज्यू, युवा तथा खेलकुद मन्त्रालयका पूर्व मुख्य सल्लाहकार डा. प्रनय राणाज्यू, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्र शेरचनज्यू,सहभागी भएका थिए ।

    kat4.jpg

    अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीज्यू,PABSON का अध्यक्ष डि.के ढुबगानाज्यू, राष्ट्रिय खेल संघका अध्यक्ष तथा महासचिवज्यूहरु,शशस्त्र प्रहरी उपरिक्षक नवराज थापाज्यू, राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवको सचिवालयका प्रमुख फणिन्द्र प्रसाद पौडेलज्यू, कान्तिपुर टेलिभिजनका HR and Operation म्यानेजर पुष्प राज गिरीज्यू, NESPO का महासचिव दिपेन्द्र कुमार श्रेष्ठज्यू, नेपाल तेक्वान्दोसंघका केन्द्रीय सदस्यज्यूहरु, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीज्यू तथा परिवार, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष गगन बहादुर गुरुबज्यूको आतिथ्यमा सम्पन्न भएको थियाे ।

    kat5.jpg

    उक्त उद्घाटन समारोहमा नेपाली सांस्कृतिक नाच,नेपाली डेमोन्सट्रेसन टिमका साथै विश्व प्रख्यात कुकियन डेमोन्सट्रेसन टिमको विशेष प्रस्तुति रहेकोथियो ।उक्त समारोह बिच विश्व तेक्वान्दो हेडक्वाटर (कुकियन)को तर्फबाट नेपालीको सातै प्रदेश तेक्वान्दो संघलाई तेक्वान्दो खेल सामग्री समेत प्रदान गरियो ।

    प्रकाशित मिति :कार्तिक ३, २०८१ शनिवार - ०६:४४:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको