३ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।
सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए ।उनले एक विरोध सभामा सहप्रवक्ता झाले भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु भने समेत बताए ।
उनले अगाडि भने, ‘यिनीहरुलाई रगत चाहिएको हो, हामी रगत दिन तयार छौं, शहीद चाहिएको हो, यो दलको शहीद छैन भनेको होइन, म शहीद बन्न तयार छु, रवि लामिछानेको पक्राउलाई अहिलेको सत्तारुढ दलहरुले अन्तिम हतियारको रुपमा प्रयोग गरेको झाले बताए । उनले उही कार्यक्रममा भने जे गरेर हुन्छ , देशमा परिर्वतन चाहेको समेत जनाए ।