Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई आज अदालतमा  पेस गर्दै

सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई आज अदालतमा  पेस गर्दै

जोईन खबर

४, कार्तिक २०८१
  • 598
    SHARES
  • सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई आज अदालतमा  पेस गर्दै

    ४ कात्तिक काठमाडौँ ।  सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ।  उनलाई शुक्रबार साझा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले  पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो।

    images

    उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ ।म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान करिब पौने तीन बजे पोखरा पुर्‍याइएको थियो।

    images
    images
    images

    पोखरा पुर्‍याएलगत्तै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर उपाध्यक्षहरु स्वणिर्म वाग्ले र डीपी अर्यालय तथा लामिछानेपत्नी निकिता पौडेलले लामिछानेलाई भेटेका थिए।सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो।

    संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो।समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो। 

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - १०:२१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको