८ कात्तिक काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि आज म्याद थप गराउन अदालत लगिँदैछ ।
थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिने प्रहरी स्रोतले जनाएको छ । अनुसन्धानको क्रममा लामिछानेविरुद्धका प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेको छ ।लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको हो । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।
त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ ।छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।