८ बैशाख काठमाडौ।गुडविल फाइनान्स लिमिटेड (GFCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २० रुपैयाँ २६ पैसा घटेर २ रुपैयाँ ८२ पैसामा सीमित भएको छ।९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप २.८१ प्रतिशत बढेको छ भने कर्जा ६.९५ प्रतिशत बढेको छ।
