Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जग्गा व्यावसायी लामालाई अन्धाधुन्ध रड प्रहार गर्ने एक जना पक्राउ , तीन जना फरार

जग्गा व्यावसायी लामालाई अन्धाधुन्ध रड प्रहार गर्ने एक जना पक्राउ , तीन जना फरार

जोईन खबर

१३, कार्तिक २०८१
  • 694
    SHARES
  • जग्गा व्यावसायी लामालाई अन्धाधुन्ध रड प्रहार गर्ने एक जना पक्राउ , तीन जना फरार

    १३ कात्तिक काठमाडौँ । काठमाडौंको लाजिम्पाटमा एक जना व्यावसायीमाथि चार जनाको समूहले अन्धाधुन्द रड प्रहार गरेका छन्। रड प्रहारबाट घाइते नुवाकोटका जग्गा व्यावसायी विक्रम लामाको अवस्था चिन्ताजनक अवस्थामा ग्रिनसीटी अस्पतालमा उपचार भइरहेको छ।लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार गरिएको थियो।

    images

    उनलाई आईसीयूमा राखिएको छ। घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटकै मार्सल तामाङ छन्। अस्पतालको सीसीटीभी फुटेजमा देखिएअनुसार व्यवसायी लामा पुग्नुअघि नै उनीहरू अस्पतालको पार्किङ क्षेत्रमा पुगेको देखिन्छ। सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका लामालाई केही समयमै उनीहरूले अन्धाधुन्ध रड प्रहार गरेको देखिन्छ।

    images
    images
    images

    अन्य तीनजनाको खोजी गर्न काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ । चारजनाकै समूहले लामा बेहोस नहुँदासम्मै प्रहार गरेको फुटेजमा देखिन्छ ।टाउकोमा गम्भीर चोट लागेर ढलेपछि पनि उनीमाथि आक्रमण गरेको देखिन्छ । लामा चल्न नसक्ने अवस्थामा पुगेपछि भने उनीहरू भागेको फुटेजमा देखिन्छ । 

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - ११:०६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको