८ बैशाख काठमाडौ। गोरखा ताकुकोट सेवा समाज काठमाडौंले २०८० साल बैशाख ९ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गरेकोछ। बनस्थलि चोक मा बिहान ११ः०० बजे देखि रक्तदान कार्यक्रम हुने कार्यक्रम संयोजक मदन जोशीले जानकारी गराउनु भएको छ ।
गोरखा ताकुकोट सेवा समाज,काठमाडौंको स्थापना मिति २०७२/०६/०६ गते भएको थियो । स्थापना काल देखि नै सामाजिक कार्यमा सक्रिय यस संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम भने पहिलो हो।
दाताहरुको स्वास्थ्य अवस्था जाँच सँगै रक्तदान गर्दा मानिसलाई विभिन्न कुराको फाइदा पनि हुन्छ जस्तैः हृदयाघात हुनबाट बचाउँछ, नयाँ रक्त कोषहरू निर्माण गर्छ,उच्च रक्तचापलाई नियन्त्रण ,कोलेस्ट्रोल, लाई नियन्त्रण,अनावश्यक मोटोपना नियन्त्रण गर्न सहयोग, शरीरमा आइरनको मात्रा सन्तुलित र कलेजो बिग्रनबाट पनि रक्तदान बाट जोगिने आदि फाइदा हुनेछ ।