९ बैशाख काठमाडौं ।गोरखा-ताकुकोट सेवा समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम ५८ पिन्ट रगत संकलन गरि आज सम्पन्न भएकोछ।

तिनकुने स्थित कान्तिपुर रक्त संचार केन्द्र(कान्तिपुर हस्पिटल) र लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलको प्राबिधिक सहयोगमा बनस्थली चोकमा आयोजित रक्तदान कार्यक्रममा गोरखा ताकुकोट समाज, समृद्ध ताकु युवा समाज, भुमीराज भट्ट समाज, सुलिकोट स्वॅारा एकता समाजको पदाधिकारी, सदस्यहरु तथा स्थानिय बासिन्दाहरुले रक्तदान गर्नु भएको थियो।

काठमाडौंमा रगतको अभाव भैरहेकोमा सन्दर्भमा यस रक्तदानले बिरामीहरुलाई केहि राहत हुने यस कार्यक्रमको संयोजक मदन कुमार जोशीले बताउनु भएको छ । 



