१० वैशाख काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार उपकरणमा समस्या आएका करण हवाई सेवा अवरुद्ध भएको छ ।आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।
जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।




