१२ बैशाख काठमाडौ।काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको पुष्टि हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।
टेकनाथ सिटौलाका प्राधिकरणका प्रवक्ता अनुसार सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास भेटिएको छैन । एउटा भँगेरो मृत भेटिएको र सो भँगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उनले बताए । ‘
प्राधिकरणका अनुसार एफजेड५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।

कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र जहाजमा के भएको थियो भन्नेबारे खुल्ने प्राधिकरणको भनाइ छ ।




